धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले धनकुटा नगरपालिका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतको सहयोगमा आज धनकुटा टुडिखेल सरसफाई गरेको छ ।
११ दिने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं पाचौ धनकुटा महोत्सव धनकुटा स्थित
टुडिखेलमा सम्पन्न भएको थियो ।
उक्त महोत्सव सञ्चालन स्थल फोहोर भएकाले धनकुटा उद्योग बाणिज्य संघले धनकुटा नगरपालिकाको सहयोगमा नेपाली सेनाको धनकुटा स्थित भिम दल गण सल्लेरी व्यारेक, सशस्त्र प्रहरी बल छिन्ताङ्ग देवी गुल्म, जिल्ला प्रहरी कार्यालय धनकुटालगायतका सुरक्षाकर्मीहरु र महोत्सव आयोजक समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागीतमा धनकुटा सफसरफाई गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।




















