धनकुटा  । व्यावसायिक बचत, सुनिश्चित भविष्य भन्ने नाराका साथ जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभा धनकुटामा सम्पन्न भएको छ  । 

९८५ जना सदस्य रहेको यस संस्थले आगामि आर्थिक बर्षमा १५ हजार कित्ता शेयर बिक्रि गर्ने लक्ष्य राखेको छ । यस सहकारीमा हाल एक करोड २७ लाख ५५ हजार बचत रहेको संस्थाका अध्यक्ष विकास घिमिरेले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख छ । 

उत्कृष्ट कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापनाकालदेखि नै निक्षेप र कर्जा कारोबारमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई निश्चित मापदण्डको आधारमा पुरस्कृत गर्ने व्यावस्था अनुरूप साधारण सभाको अवसरमा पुरस्कृत गरिएको छ ।329209219_5914905805244305_4224493163338151984_n प्रमुख अतिथि, अतिथिलगायत किसान, फर्म सञ्चालक सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । 

संस्थाको प्रचार प्रसार गर्ने जिल्ला स्थित विभिन्न मिडियाका मिडया कर्मिको कामको कदर गर्दै नगद र कदर पत्रका साथ पत्रकार हरि बहादुर लम्जेल र विदुर खवासलाई सम्मान गरिएको छ । 329234607_2991514687818943_6227502563077820085_n

प्रदेश माननिय ईन्दिरा थापाको प्रमुख आतिथ्यता एवं जनज्योती बचत तथा श्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष विकास घिमिरेको अध्यक्षतामा समुद्घाटन सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष, जिल्ला समन्वयन समिति सदस्य, सञ्चारकर्मि, शेयर धनि लगायतको सहभागिता रहेको थियो ।