इटहरी । इटहरी स्थित सुस्मा गोदावरी कलेजले ९औ फुड फेस्टिभलको आयोजना गरेको छ । विद्यार्थीको क्षमता अभिवृद्धी साथै विद्यार्थीका लागी प्रयोगात्मक सिप सवलिकरण गर्ने उद्धेश्यले कलेजले ९ औ फुड फेस्टीभल साथै सास्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ८ वटा विभिन्न विधाका सामाग्रीहरुको स्टल राखीएको थियो ।

स्टलहरुमा होटल म्यानेजमेन्ट संकायका विद्यार्थीहरुद्धारा विभिन्न खाद्य परिकारका स्टल,विज्ञान संकायका विद्यार्थीहरुद्धारा भ्वोइस कमाण्ड मार्फत चल्ने रोबोर्ट लगायत आधुनिक प्रविधिका यन्त्र उपकरणहरुको प्रदर्शनमा राखीएको थियो ।WhatsApp Image 2023-02-03 at 17.46.57

यस्तै बि एस सी सी एस आइ टिका विद्यार्थीहरुले पुस्त प्रदर्शनी साथै सुस्मा सेकेन्डरी स्कुलका विलर्थीहरुद्धारा घुँगी,बगिया जस्ता थारु परिकारहरु स्टलमा राखीएको थियो । सोही कार्यक्रमका बिच कलेजले वार्षिक खेलकुद कार्यक्रम अन्तरगत बास्केटबल,फुटबल,भलिबल,क्रिकेट लगायतका खेलका विजेताहरुलाइ प्रमाणपत्र,मेडल ट्रफी वितरण गरेको थियो भने विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमपनी प्रस्तुत गरेका थिए ।WhatsApp Image 2023-02-03 at 17.46.58 (2)

सुस्मा गोदावरी कलेजका प्राचार्य बोधराज नेपालको अध्यक्षता तथा कलेजका अध्यक्ष राजेश श्रोष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो । रोशन कटुवालको संयोजनमा राखीएका स्टलहरुको कार्यक्रमका अध्यक्ष,प्रमुख अतिथी,क्याम्पसका सह प्राचार्य बलराम पन्त,निर्देशक सुकदेव घिमिरे लगायतले रिवन काटेर उद्घाटन गरिएको थियो ।

कार्यक्रममा क्याम्पसका निर्देशक पेशल पोखरेल, सञ्चालक ज्ञानेन्द्र दाहाल लगायतका अतिथिहरुको सहभागीता रहको थियो । कलेजले बिगत ८ वर्षदेखी प्रत्येक वर्ष यस प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ