इटहरी । सामाजिक , प्रागिक र साहित्यिक अभियान्ता लेखनाथ घिमीरेलाई इटहरीमा गरिने नागरिक अभिनन्दन कार्यक्रमलाई प्रभावकारी वनाउन प्रचारप्रसार उपसमितिलाई विस्तार गरिएको छ ।
घिमीरेले इटहरीमा रहेर सामाजिक ,प्रागिक तथा साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नागरिक स्तरबाट अभिनन्दन गर्न लेखनाथ घिमीरे नागरिक अभिनन्दन मुल समारोहले अमर खड्काको संयोजकत्वमा प्रचारप्रसार उपसमिति वनाएको थियो ।
सोही उपसमितिमा इटहरीमा रहेका क्रियाशिल सञ्चारकर्मीहरुलाई समेटेर विस्तार गरिएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका प्रचारप्रसार उपसमितिका संयोजक खड्का रहेको उपसमितिमा इटहरी क्षेत्रबाट सञ्चालित अनलाईन , छापा, रेडियो तथा टेलिभिजन तथा इटहरीलाई डेटलाईन वनाएर काम गरिरहेका क्रियाशिल सञ्चारकर्मीहरुलाई समावेश गरिएको छ । शिक्षासेवी घिमीरेलाई नागरिक अभिनन्दन गर्नका लागि बरिष्ठ कवि अनिल पौडेलको संयोजकत्वमा लेखनाथ घिमीरे अभिनन्दन समिति वनाएको छ ।
सोही समितिले इटहरीको होटल इनटुरिष्टमा एक कार्यक्रमको आयोजना गरि प्रचारप्रसार उपसमितिमा क्रियाशिल सञ्चारकर्मीहरुलाई मनोनयन गरिएको हो । सो उपसमितिको सल्लाहकारमा पत्रकार तथा साहित्यकार सुविद गुरागाईलाई जिम्मेवारी दिइएको सो अवसरमा जानकारी गराइयो । घिमीरेलाई आगामी माघ २७ गते नागरिक स्तरबाट अभिनन्दन गरिने समेत सो अवसरमा जानकारी गराइयो ।
नागरिक स्तरबाट इटहरीमा यस अघि प्रा.डा. टंक न्यौपाने र ओम कोइरालालाई नागरिक अभिनन्दन गरिएको थियो ।




















