इटहरी । ग्रामिण तथा विपन्न परिवारका मानिसहरुको वसोवास रहेको इटहरीको जब्दी टोलका स्थानीयलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

  टोल विकास लघुउद्यम सहकारी संस्था लिमिटेडको १३औं बार्षिक उत्सवको अवसर पारेर नोवेल मेडिकल अस्पताल विराटनगरसंग सहकार्य गरी स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

  इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६मा रहेको यस वस्तीमा विपन्न दलित ,मुस्लिम समुदायको वसोवास रहेको र स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेको महसुस गरेर विशेषज्ञ चिकित्सकहरु ल्याएर स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको आयोजक टोल विकास संस्थाका अध्यक्ष राजेन्द्रकेशरी घिमीरेले जानकारी दिए ।WhatsApp Image 2023-01-10 at 2.49.08 PM (2)

जब्दी आधारभुत विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट यस क्षेत्रका सर्वसाधारणले स्वास्थ्य सेवा पाउने विद्यालयका प्रध्यानाध्यापक गोपालप्रसाद पराजुली वताउछन । उनले निम्म स्तरका गरिवीका रेखामुनी रहेका स्थानीय दलित लगायतलाई लक्षित गरी स्वास्थ्य सेवाको पहुँच वढाउन आयोजना गरिएको शिविर फलदायक हुने हुँदा सान्र्दभिक भएको जानकारी दिए ।

नाक,कान,घाण्टी , बाल ,छाला , स्त्री , जनरल मेडिसिन लगायतका विशेषज्ञ चिकित्सकहरुबाट परिक्षण गर्न पाउदा स्थानीय हर्सित भएका छन । गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएका कारण बालबालिका तथा जेष्ठनागरिक लगायतलाई सहज भएको स्थानीयवासी वताउछन ।WhatsApp Image 2023-01-10 at 2.49.09 PM

स्वास्थ्य शिविरमा इसिजी र भिडियो एक्सरे सेवा समेत निशुल्क प्रदान गरिएको थियो । शिविरमा करिव दुई सय जना स्थानीयले सेवा लिएको वताइएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १६को व्यवस्थापन तथा लायन्स क्लव अफ इटहरी स्मार्ट सिटी , लायन्स क्लव अफ इटहरी हेल्थ प्रोफेसनल ,लायन्स क्लव अफ इटहरी सुपर सिटीको स्वास्थ्य शिविरमा सह आयोजना रहेको थियो । कार्यक्रममा इटहरी वडा नम्बर १६का वडाध्यक्ष तेजनारायण चौधरी , लायन्स क्लवका भाइस डिष्ट्रीक गर्भनर नरनाथ सापकोटा ,  इटहरी लेडिज जेसिजकी अध्यक्ष दुर्गा आचार्य लगायतका अतिथीहरुको  सहभागिता रहेको थियो ।