इटहरी । जाडो बढ्दै गएपछि विपन्न परिकारका विद्यार्थीहरु विद्यालय जान छाढ्ने क्रम वढ्न थालेको छ । त्यसैलाई मध्यनजर गर्दै विपन्न परिवारका स्कुल जाने बालवालिकाहरुलाई लक्षित गरि नेपाल रेडक्रस सोसाइटी इटहरीको सक्रियतामा न्यानो कपडा वितरण गर्ने कार्य जारी रहेको छ ।
पछिल्लो समयमा केही दिन देखि अधिक जाडो हुन थालेको तर्फ मध्यनजर गर्दै इटहरीमा रहेको विश्व आर्दश कलेज परिवारले नेपाल रेडक्रस सोसाइटी इटहरीसंग समन्वय गरेर सरस्वती आधारभुत विद्यालय पडरियाका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १५ पडरियामा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ६५जना विद्यार्थीहरुलाई विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमीरे , नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापती विमल पौडेल सचिव सञ्जीव ढुंगानाले विद्यार्थीहरुलाई स्वीटर वितरण गरेका हुन ।
जाडोको समयमा स्वीटर पाएपछि विद्यार्थीहरु हर्सित भएका छन । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालयका प्रअ जयनारायण चौधरीलाई स्वीटर हस्तान्तरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी इटहरी जाडो वढ्न थालेसंगै इटहरीका सामुदायिक विद्यालयहरुमा न्यानो कपडा वितरण गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ ।




















