इटहरी । नेपाल एकिकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विगतका वर्ष झै सुनसरीको  इटहरीमा भव्य रुपमा आगामी २७ गते पृथ्वी जयन्ती मनाइने भएको छ ।  इटहरीमा २०६९साल देखि नागरिक स्तरबाट पुस २७ गते विगतका वर्ष झै यस वर्ष पनि सुनसरीको इटहरी पश्चिम लाइनमा भव्यताका साथ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइने भएको सोमवार इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । 

भेषजा काफ्लेको संयोजकत्वमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मुल समारोह समिति वनाएर पृथ्वी जयन्ती मनाउने तयारी भइरहेको छ । 

इटहरीमा विगत दश वर्ष देखि पृथ्वी जयन्ती पृथ्वी नारायण शाहको योगदानको चर्चा र स्मरण गर्दै मनाउने गरिएझै यस वर्ष पनि मनाउन लागिएको संयोजक काफ्लेले जानकारी दिइन । WhatsApp Image 2023-01-09 at 6.05.14 PM (1)

उनले नेपाल एकीकरणकता पृथ्वी नारायण शाहको योगदानको कदर गर्दै पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग सहित आफुहरुले पृथ्वी जयन्ती मनाउन लागेको समेत वताइन । 

विगत देखि नै इटहरीमा पृथ्वी नारायण शाहको योगदानका विषयमा चर्चा गर्ने गरिए झै यस वर्ष संस्कृति विद डा.धनवहादुर कुवरलाई प्रमुख वक्ताका रुपमा आमन्तत्रण गरिएको समेत जनाइएको छ । पृथ्वी जयन्तीका दिन र्याली , झाँकी तथा सांस्कृतिक कार्यक्रम सहित पृथ्वी नारायण शाहको योगदानका विषयमा चर्चा गरिनेछ ।