इटहरी । कोभिड १९ को संक्रमणको जोखीम नेपालमा पनी पर्न सक्ने सम्भावनालाइ मध्यनजर गर्दै इटहरी उपमहानगरपालीकाले नगरपालीकाको कार्यलय भित्र प्रवेस गर्दा माक्सको प्रयोग अनिवार्य गरेको छ ।
केही दिनअघी सुचना जारी गर्दै नगरले स्वास्थ्य मापदण्डका उपायहरु अपनाउन अनुरोध गरेपछी नगरपालीका भित्र प्रवेस गर्दा अनिवार्य माक्स लगाएर प्रवेस गर्नुपर्ने भएको छ । कोरोनाको सम्भावित जोखिमबारे सेवाग्राही साथै कर्मचारी पनी सचेत रहुन भन्ने उद्येश्यले स्वास्थ्य मापदण्डका उपायहरु अपनाइएको इटहरी उपमहानगरपालीकाका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए ।
यस प्रकारको अभ्यासले आफ्नै सुरक्षको सुनीस्चीतता गर्ने भएकाले आफुलेपनी यसप्रती सजग रहनुपर्ने स्थानीय बिमला ढकालले बताइन ।
नगरले इटहरी उपमहानगरपालीका तथा माताहतका सम्पुर्ण कार्यलयहरुमा कार्यरत कर्मचारी,विद्यार्थी तथा सेवाग्राहीहरुले समेत अनीवार्य रुपमा माक्स,स्यानीटाइजरको प्रयोग तथा भौतिक दुरी कायम गरी दैनिक सेवा प्रवाह हुने व्यवस्था मिलाउन विज्ञप्तीमार्फत जनाए वमोजीम नगरपालीकाको कार्यलयमा प्रवेस गर्ने कर्मचारी साथै सेवाग्राहीले माक्स लगाएर कार्यलयभीत्र प्रवेस गर्ने गरेका छन ।




















