इटहरी । केही दिन यता देखि पुर्वी तराईमा हुस्सुसंगै चिसो हावा चल्न थालेपछि जनजीवन प्रभावित वन्दै आएको छ ।
विहानै देखि हुस्सुसंगै चिसो हावा चल्दा मानिसहरुलाई बाहिर निस्कन समस्या हुने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा बुल्स इलेभेन क्लबले धरानलाई सर्वसाधारणलाई सहज होस भनेर चोक क्षेत्रमा आगो बालेर ताप्ने व्यवस्था मिलाइदिएको छ ।
विगत तीन दिन देखि बढेको जाडोको बढेको छ । तीन दिनको तुलनामा इटहरीमा शनिवार न्युनत ११ ,आइतवार ९ र आज ८ डिग्री न्युनतम ताक्रम पुगेको छ । त्यसले बालबालिका , जेष्ठ नागरिक , असश्त , मजदुरी गरेर जिवीकोपार्जन गर्नेहरुलाई समस्या पारेको छ । जाडोका कारण दैनिक मजदुरी गरेर जीवन गुजरा गर्नेहरु साथै बालबालिका ,जेष्ठनागरिक ,अशक्तहरु वाहिर निसक्न समस्या भई रहेको छ । जाडोले जनजीवन प्रभावित भई रहेको छ ।
बाटोमा मानिसहरुको चहलपहल कम हुन थालेको छ । तातोका लागि मानिसहरु आगो बालेर ताप्न थालेका छन । बाटोमा हिड्ने मानिसहरुलाई असहज भएको तर्फ मध्यनजर गर्दै सहज होस भनेर धरान लाईनमा आगो बालेर ताप्ने व्यवसस्था मिलाइएको वुल्र्स इलेभेनका उपाध्यक्ष रामु राईले जानकारी दिए ।
चिसो हावासंगै लाग्ने हुस्सुका कारण सवारीका साधनहरु पनि विहान ,दिउँसोको समयमा पनि वत्ति बालेर चल्न थालेका छन ।




















