इटहरी । अपागंता भएका मानिसहरुका लागि प्रदेशबाट आएको बजेट कटौती भएको तर्फ मध्यनजर गर्दै फिर्ता ल्याउन माग गर्दै इटहरी उपमहानगरपालिकामा अपागं संरक्षण मञ्च नगरस्तरीय सुनसरीले माग पत्र बुझाएको छ ।
मञ्चकी अध्यक्ष दिलकुमारी राई लगायतले उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेललाई प्रदेशबाट आएको बजेट कटौती भएको प्रति ध्यानाकर्षण गराउदै माग पत्र वुझाएको हो ।
माग पत्र वुझाउदै मञ्चकी अध्यक्ष राईले कटौती भएको बजेट फिर्ता आउनु पर्ने लगायतका आफुहरुका मागका विषयमा नगरप्रमुख पौडेललाई जानकारी गराइन ।
माग पत्र वुझदै नगरप्रमुख पौडेलले बजेट कटौती गरेको नभएर सबै अपागता भएका मानिसहरुको पहुँच पुरयाउने तथा अझ प्रभावकारी कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।
माग पत्रमा पालिकामा योजना छनौट प्रकृया देखि कार्यान्वयन सम्म अपागंता भएका मानिसहरुलाई समेट्नु पर्ने लगायतका विषयवस्तुहरु समावेश गरिएका छन ।
((




















