धनकुटा । प्रदेश न १ जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।
प्रदेश न १ प्रदेश जेष्ठ नागरीक महासंघ बिराटनगरको आयोजना र जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको सहआयोजनामा धनकुटामा प्रदेश न १ जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम धनकुटामा सम्पन्न भएको हो ।
प्रदेश नम्बर १ प्रदेशसभा सदस्य इन्दिरा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा १ नम्बर प्रदेश जेष्ठ नागरिक महासंघका अध्यक्ष मणिकुमार अर्यालले प्रदेश जेष्ठ नागरिक महासंघको आर्थिक बर्ष २०७८÷०७९ को प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७९÷०८० को भावी कार्यनिती र कोषाध्यक्ष जया राईले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सभालाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी प्रदेश सभा सदस्य थापाले जेष्ठ नागरिकहरुका समस्याको समाधान गर्नका लागि प्रदेश सभामा कुरा उठाउने, जेष्ठ नागरिकहरुमा स्वास्थ्य समस्या बढी हुने हुदाँ त्यसलाई सरकारले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।
धनकुटाका इश्वरी श्रेष्ठ, तेह्रथुमका जीवनकुमार ढुंगाना, धनकुटा र खोटाङ्ग जिल्ला संघलाई सोहि अवसरमा सम्मान गरिएको थियो ।




















