धनकुटा । मर्यादित व्यावसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ जिल्ला सहकारी संघ लिमिटेड धनकुटाको एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सोहि अवसर पारेर धेरै शेयर खरिद गर्ने, जिल्ला संघलाई आर्थिक शहयोग गर्ने, समुदायमा आधारित भएर काम गर्ने, अधिकांस वित्तिय सुचक पुरा गर्ने लगायतका सहकारी, संघ संस्थाहरुलाई जिल्ला संघले पुरस्कृत एवं सम्मान गरेको छ । 

पुरस्कृत एवं सम्मानित हुने जिल्ला स्थित संस्थाहरूमा सुलभ बचत तथा श्रृण सहकारी, शिक्षक हित तथा बचत श्रृण सहकारी, जालपादेवि कृषि सहकारी, अजम्वरि महिला कृषि सहकारी, सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी, हिमालि बहुउद्देश्यीय सहकारी, धनकुटा बचत तथा श्रृण सहकारी, शिक्षक हित बचत तथा श्रृण सहकारी संस्था लिमिटेड र राष्ट्रिय सहकारी बैक धनकुटा शाखालगायत रहेका छन् । 

सरकारको सहकारीको निति समेत यकिन नभएका कारण कतिपय सहकारीहरु निस्कृय हुन गएको, जिल्ला संघले अव आकार निर्धारण गरेको, संघले अगाडि सारेका सबै काम गर्ने, नेपालको सहकारी मोम्मेन्ट लोकप्रिय रहेको, ५६ प्रतिशत महिला दिदिवहिनिहरू सहकारीमा सक्रिय रहेको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष प्रमुख अतिथि रमेश प्रसाद पोख्रेलले उद्घाटन शत्रमा जानकारी दिनुभयो । vlcsnap-2023-01-08-17h16m42s459

उहाँका अनुसार मान्छे निरास भयो भने प्रगती कहिल्यै गर्न नसक्ने, तनावमा हैन मान्छेले रमाएर जिउन र काम गर्नु पर्ने,  सरकारले बढि खर्च गर्नेलाई भत्ता बढि दिने, सामाजिक, आर्थिक, सास्कृतिक र वातावरण क्षेत्रलगायतका कार्यक्रमहरूमा सबैलाई सहभागिता गराए नगराएको, व्यावसायमा विविधिकरण, सहकारीमा प्रविधिको प्रयोग, करिव ४० हजार सहकारीहरूले बचत सम्बन्धि काम गर्ने, निक्षेप भन्दा बचतमा जोड दिनुपर्ने, धनकुटाबाट सहकारी कर्मिहरूलाई विदेश पठाउनु आवश्यक, नेपालमा सहकारी क्षेत्रको पैसा अधिकतम बैंकहरूमा गएको, सन्दर्भ व्याजदर, खराब श्रृणि, सहकारी अभियान एउटा पवित्र अभियान बनाउने तर्फ महासंघ अगाडि बढेको, सहकारीबाट आएको समस्या राष्ट्रिय सहकारी बैंकले साथ दिन तरलता कोष खडा गरेको, धनकुटा जिल्लामा सहकारीलाई माथि उठाउन धनकुटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको साथ रहेको, राष्ट्रिय सहकारी बैक मार्फत गरिवि, बचत तथा श्रृण सुरक्षण कोसका लागि महासंघ लागिपरेको, सरकारको नयाँ अड्डा स्थापना, बचत तथा श्रृण संघलाई सक्रिय बनाउन जिल्ला संघ लाग्नु पर्नेछ । पौष मसान्त सम्ममा सबै सहकारीहरूले साधारण सभा गरिसक्नु पर्नेलगायतका विषयमा महासंघका उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । 

जिल्ला स्थित सहकारी संस्थाहरुमा सहकारि शिक्षाको आवश्यकता रहेको बताउदै दुग्ध, चियालगायतका संघ जस्तै बचत संघलाई पनि सक्रिय बनाएर अगाडि लान जिल्ला र केन्द्रिय संघलाई सहभागिहरुले अनुरोध गर्नुभयो । 

जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदीको अध्यक्षता एवं राष्ट्रिय सहकारी महासंघका केन्द्रिय उपाध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा विशेष अतिथि धनकुटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, केन्द्रीय विधुत सहकारी संघका धर्मराज पौडेल, राष्ट्रिय सहकारी बैंक धनकुटा शाखाका प्रमुख, वडा अध्यक्ष टंक रोईला, रोषेस श्रेष्ठ, केन्द्रिय सदस्य सुन्दरबाबु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।