तरहरा । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरामा रहेका शान्ति जनकल्याण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले एक करोड वढी मुनाफा आर्जन गरेको छ ।
शान्ति जनकल्याण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको २७औं बार्षिक साधारण सभामा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा एक करोड त्रिपन्न लाख पैतालिस हजार नै सय चौध रुपैया चौरासी पैसा मुनाफा भएको उल्लेख गरिएको हो ।
साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बमबहादुर न्यौपानेले आर्थिक वर्ष २०७९÷०८०मा सहकारीले सात करोड पचास लाख अन्ठानब्बे हजार एक सय तेतीस रुपैया उन्नाइस पैसा आम्दानी गर्न सफल भएको र खर्च कटाएर एक करोड त्रिपन्न लाख पैतालिस हजार नै सय चौध रुपैया चौरासी पैसा मुनाफा गरेको जानकारी गराएका हुन ।
त्यसै गरी अध्यक्ष न्यौपानेले सात करोड ९ लाख ९५ हजार ९ सय शेयर पुँजी रहेको समेत साधारणसभालाई जानकारी गराए । अध्यक्ष न्यौपानेको अध्यक्षता तथा जिल्ला सहकारी संघ लिमिटेड सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको साधारणसभामा उत्कृष्ट बचतकर्ता ,उत्कृष्ट ऋणी लगायतका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरियो । साधारणसभाले नयाँ कार्य समिति चयन गर्दै सम्पन्न हुने सो अवसरमा जानकारी गराइयो ।
((




















