धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर ९को वडा कार्यकालयको सेवा केन्द्र मुलघाटमा स्थापना गरिएको छ ।
सेवाग्राहीहरुलाई सेवा लिन वडा कार्यालय सम्म आउने समय र खर्च धेरै लागि रहेको तर्फ मध्यनजर गर्दै वडा कार्यालयको सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
वडा कार्यालयको सेवा केन्द्रको नगरप्रमुख चिन्तन तामागंले उदघाटन गरेका हुन । वडावासीहरुलाई लिन सहिजो होस भनेर हप्तामा एक दिन वुधवार सेवा दिने गरी वडा कार्यालयको सेवा केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष टंक रोइलाले वताए । उनले सेवाग्राहीको चाप वढी भए हप्तामा दुई दिन सेवा प्रधान गर्न सकिने समेत जानकारी गराए ।
धनकुटाको वडा नम्वर ९ भौगोलिक रुपमा समेत उकालो ओरालो र मुलघाट क्षेत्रका सेवाग्राहीले वडा कार्यालय पुग्न ३० किलोमिटर पर पुग्नु पर्ने अवस्था रहदै आएको थियो । त्यसैलाई मध्यनजर गर्दै वडा कार्यालयको सेवा केन्द्र सञ्चालनमा ल्याइएको सो अवसरमा जानकारी गराइयो ।
वडाको सेवा केन्द्रको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख तामागंले जनताको सुविधालाई ध्यानमा राखेर टाढा जानु पर्दा समय र खर्च वढी हुने गरेको तर्फ मध्यनजर गर्दै सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी गराए ।
मुलघाटको कौशिका आधारभुत विद्यालयको एउटा कोठामा वडा नम्वर ९ को सेवा केन्द्र सञ्चालनमा ल्याएपछि बेलहरावेसि, च्याङ्गच्याङ्गबारी लगायतका ठाउँका जनतालाई सहज हुने विश्वास गरिएको छ ।




















