इटहरी । ओसियन पार्क इटहरीले विगतका वर्षझै यस वर्ष पनि अग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति सहित साँगितिक साझ आयोजना गरेको छ ।
विगतका वर्षहरुमा पनि अग्रेजी नयाँ वर्षहरुको अघिल्लो दिन विशेष सांगितीक कार्यक्रमको आयोजना गर्दै यस वर्ष पनि ओसियन पार्कले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले हास्य प्रस्तुति गरेका थिए भने बालगायक प्रितम आचार्य, लगायतले विभिन्न गितहरु प्रस्तुत गरेका थिए भने विहानी डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । 
ओसियन पार्कका सञ्चालक डम्बर तामागंको अध्यक्षता तथा पुर्व मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रमको सुरुवातमा प्रनिसा श्रेष्ठले कुमारी नृत्य प्रस्तुत गरेकी थिइन ।
पर्यटन प्रवद्धनमा जोड दिदै आयोजना गरिएको सांगितीक कार्यक्रममा नागरिक समाज इटहरीका पुर्व अध्यक्ष सन्तवहादुर डुम्जन लगायतका अतिथीहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न पेशा व्यवसायमा आवद्धमा ७ सय वढी मानिसहरुको सहभागिता रहेको ओसियन पार्कका ब्यवस्थापक गोविन्द खतिवडाले जानकारी दिए । 




















