इटहरी । सुनसरीको इटहरी उपमहानगर वडा नं ६ र बुुल्स इलेभेन क्लबको संयुक्त आयोजनामा मुख्य चौक आसपासका बिधुतिय पोलहरुमा जथाभावी टागिएका प्रचारात्मक वोर्डहरु र लत्रेका तारहरु हटाइएको छ ।
अब्यवस्थित तार र जथाभावी राखएिका बिज्ञापन र्बोडहरुका कारण शहरको स्वरुप बिग्रदै गएको अवस्थालाई मध्यनजर गर्दै वडा र्कायालय र बुल्स इलेभेन क्लबको संयुक्त पहलमा इटहरी चोक क्षेत्रका अव्यवस्थीत तार लगायत हटाइएको हो ।
बिभिन्न सामाजिक कार्यहरुमा सरिक हुदै आएको क्लब्ले प्रत्येक शनिबार इटहरी क्षेत्रमा सरसmाइ गर्दै आएकोमा यो अभियानलाइ पनि अघी सारेको क्लब्का उपाध्यक्ष रामु राइले जानकारी गराए । उनले उनले बिजुलीको पोलमा जथाभावी रुपमा लत्रीएका अव्यवस्थीत तारहरुले इटहरीको सुन्दरतामा असर परेका कारण यो अभीयान सञ्चालन गरीउको उनले बताएका छन । 
शहरको शौन्र्दयमा जथाभावी बिज्ञापन र्बोड र लत्रेका तार बाधक बनेको ब्यापक जनगुनासो बढेपछि वडा र्कायालय र बुल्स इलेभेन क्लबको सयुक्त आयोजनामा सबै खाले फोहरहरु हटाउने अभियान थालेको इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले जानकारी दिए ।
उनले अन्य संघसंस्थाको सहयोगमा पनी नगरले यस प्रकारका अभीयान सञ्चालन गरिरहेको बताएका छन ।
अब यो अभियान नीरन्तर चल्ने पनि वडाध्यक्ष पोख्रेलले विस्वास व्यक्त गरे । शनिबार इटहरीको पश्चिम रोडका करीब २ दर्जन बढी बिजुलीको पोलमा टागिएका बिज्ञापन बोर्ड र जथाभावी लत्रेका केवल तथा इन्टरनेटको तारहरु हटाइएको छ ।




















