इटहरी । इटहरीमा अनलाइनबाट हुने बाल यौन दुव्र्यवहार न्युनिकरण सम्बन्धी कार्यशाला आयोजना गरिएको छ छ ।
भ्वाइस अफ चिल्ड्रेनको आयोजना,इटहरी उप महानगरपालिकाको समन्वय र केएनएच जर्मनीको साझेदारीको आयोजना भएको कार्यक्रममा विद्युतिय सामाग्रीहर फेसबुक, टुइटर, भाइबर जस्ता मध्यमबाट पनि हिसां हुने र बाल बालिका माथि हुने हिसालाइं घरबाट नै अन्त्य गर्नु पर्ने र यसमा स्थानिय सरकार ,स्कुल,कलेजले सहयोग गर्नुपर्ने लगायतका विषयमा कार्यशालामा सहजिकरण गराइएको थियो ।
यस प्रकारका कार्यक्रमले अनलाइनबाट हुने वालयोन दुव्यवाहार र लैंगिक हिसां विरुद्ध कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने कुरामा थप पहल गर्ने कार्यक्रममा सहभागीहरुले विश्वास व्यक्त गरे । 
इटहरीको इन्टुरिष्ट होटलमा आयोजना गरेको उक्त कार्यक्रममा बालबालिका माथि कसरी दुव्र्यवहार हुन्छ भनेर सचेतनामुलक भिडियो समेत देखाइएको थियो ।
कार्यक्रममा इटहरी उप महा नगरपालिकाकी सामाजिक माह शाखा प्रमुख भोजकला दवाडी भ्वाइस अफ चिल्डेनकी कार्यक्रम संयोजक लिला भुजेल र प्रकाश परियारले सहजिकरण गरेका थिए । 
कार्यक्रममा प्रहरी सहायक हवल्दार लक्ष्मी राई,आमा समुहकी उपाध्यक्ष सिता भट्टराइ र इटहरी उपमहा नगरपालिका वार्ड नम्बर १२ का वडाध्यक्ष भुवनराज पोखे्रल शिक्षक, विद्यार्थी , जनप्रतिनिधि तथा बालबालिकाको क्षेत्रमा आबद्ध संख, सस्था लगाएतको सहभागिता रहेको थियो । सोही प्रकारका कार्यक्रम इटहरी उपमहा नगरपालिकाका २० वटै वडामा कार्यक्रम आयोजना गरिने पनी कार्यक्र संयोजक लिला भुजेलले जानकारी दिइन ।




















