धनकुटा । धनकुटा नगरपालिका वडा नम्वर ९ स्थित बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ। बेलाहारामा रहेका प्रहरी चौकी भन्दा डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले शंकास्पद वस्तु फेला परेको र नेपाली सेनाको डिस्पोजल टोली गएको जानकारी दिनुभयो । भिमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाका अनुसार शंकास्पद वस्तु बम रहेकाले नेपाली सेनाको डिस्पोजल टोलीले निस्कृय गराएको छ ।




















