इटहरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मतदान कार्य जारी रहेको समयमा सुनसरीको इटहरीको बालग्राम चोकमा युवाहरु जेब्राक्रस वनाइरहेका थिए ।

   मानिसहरुलाई आवतजावतमा सहज होस भनेर सहयोगी हातहरुले जेब्राक्रस बनाएको हो ।

जेब्राक्रम वनाउने क्रममा निर्वाचन भएको दिन सवारीहरु न्युन संख्यामा कुद्ने हुँदा राम्ररी काम गर्न सकिने भएकाले निर्वाचनकै दिन रोजेको सहयोगी हातहरुका अध्यक्ष राजु अधिकारीले जानकारी दिए ।vlcsnap-2022-11-20-17h32m53s169 उनले अन्य समयमा पनि आफुहरुले जेब्राक्रस वनाउने गरेपनि गाडीहरु चलिरहदा हतारहतार गरेर काम गर्दा राम्ररी काम गर्न नपाउने र चाडै मेटिने भएकाले कम गाडी कुद्ने समय पारेर राम्रो काम गरेको वताए ।

सहयोगी हातहरुले इटहरीको सिमरवना  क्षेत्रमा साप्ताहिक रुपमा सरसफाई गर्दै आएको छ ।