धनकुटा । विहान ७ बजिदेखि मतदान शुरु गरिएको धनकुटा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार थापा, एमाले उम्मेदवार राईले पाख्रिबास नगरपालिका र स्वतन्त्र उम्मेदवार भण्डारीले चौविसे गाउँपालिकाबाट मतदान गर्नु भएको छ । 

प्रतिनिधि सभामा सातजनाको उम्मेदवारी परेको भएता पनि धनकुटाबाट प्रतिनिधि सभा सदस्यका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरु तीनजना रहेका छन् ।

जसमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल बहादुर थापाले पाख्रिबास नगरपालिका वडा नम्वर ८ मुगा स्थित राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट, स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले चौविसे गाउँपालिका वडा नम्वर ३ स्थित कुरुले तेनुपा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नु भएको छ । 123भने नेकपा एमालेका उम्मेदवार राजेन्द्र कुमार राईले पाख्रिबास नगरपालिका वडा नम्वर ७ स्थित सरस्वती प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।vlcsnap-2022-11-20-17h00m55s386

यसैगरी धनकुटा नगरपालिका वडा नम्वर ६ मा रहेको बहुउदेश्य सामुदायिक भवन, आँखा अस्पताल मतदान स्थलबाट झमक घिमिरेले आफ्नै खुट्टाले मतदान गर्नुभएको छ । भने गठबन्धनका तर्फबाट नेकपा माओवादीकी कुसुमकुमारी श्रेष्ठ प्रदेश सभा ख की उम्मेदवारले भाषा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।    315954480_593668632762290_9154701845668997909_n

जिल्लाका चार गाउँपालिका र तीन नगरपालिकामा ५८ हजार ४४५ महिला र ५८ हजार ५४६ पुरुष मतदाता गरि एकलाख १६ हजार ९९१ मतदाता रहेको धनकुटा जिल्लामा एकसय १९ स्थानमा एकसय ६४ मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्रहरुमा एकहजार ३०४ जना कर्मचारी खटाईएको छ । 

धनकुटा कारागारमा रहेका ४० कैदिबन्दिले पनी  मतदान गरेका थिए  ।