इटहरी । नेपाली काँग्रेसका पुर्व उपसभापति विजयकुमार गच्छदारले राजनितिक अस्थिरता अन्त गरी मुलुकमा आमुल परिर्वतन र राजनितिक स्थिरताका लागि लोकतान्त्रिक बाम गठवन्धन आगामी दस वर्ष सम्म कायम हुनु पर्ने वताएका छन ।

   सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार समेत रहेका गच्छदारले विभिन्न कारणले नेपालमा राजनितिक अस्थिरता कायम रहदै आएका वताउदै राजनितिक स्थिरता र आमुल परिवर्तन सहित विकासका लागि आगामी दस वर्ष सम्मका लागि गठवन्धन आवश्यक रहेको वताएका हुन ।WhatsApp Image 2022-11-17 at 17.19.25

    इटहरीमा नेपाली काँग्रेसको अगुवाई आयोजित र्यालीपछिको कोणसभालाई सम्वोधन गर्दै गच्छदारले नेपालमा भएका ठुला परिवर्तनहरुको नेतृत्व नेपाली काग्रेसको नेतृत्वमा भएको र अहिलेको राजनितिक अस्थिरता अन्तको नेतृत्व समेत नेपाली काँग्रेसकै नेतृत्वमा हुने समेत दावी गरे ।

सोही सभालाई लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट  सुनसरी क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उमेदवार  काग्रेस नेता सिताराम मेहता , सुनसरी क्षेत्र नम्बर ३ प्रदेशसभा १ की उमेदवार माओवादी केन्द्रकी नेता सरस्वती पोखरेलले पनि सम्वोधन गरेकी थिइन । कोणसभा अघि इटहरीको पश्चिम लाइनबाट निकालिएको र्यालीले इटहरी मुख्य चोक क्षेत्र परिक्रमा गरी पुनः पश्चिम लाइनमा पुगेर कोणसभामा परिणत भएको थियो ।