इटहरी । निर्वाचनको लागि मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी रहदा सुनसरी क्षेत्र नम्बर ३मा पर्ने इटहरी उपमहानगरपालिका वडा नम्बर ८मा लोकतान्त्रिक बाम गठवन्धनको तर्फबाट र्याली प्रर्दशन गरिएको छ ।
नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका वडा नम्बर ८ को अगुवाईमा लोकतान्त्रिक बाम गठवन्धनका उमेदवारहरुको पक्षमा प्रचारप्रसारका लागि र्रयाली निकालिएको हो ।
गठवन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार नेपाली काँग्रेसका विजयकुमार गच्छदार र प्रदेशसभा १ की उमेदवार माओवादी केन्द्रकी सरस्वती पोखरेलका पक्षमा मत माग्दै मोटरसाईक , कार , सिटी लगायतको र्याली निकालिएको र्यालीले वडा नम्बर ८ क्षेत्र परिक्रममा गरेको थियो । गठवन्धनका उमेदवारहरुलाई जिताउन प्रचारप्रसारका लागि र्याली गरिएको नेपाली काँग्रेस इटहरी वडा नम्बर ८ का कार्यबाहक सभापति तथा प्रचारप्रसार समितिका संयोजक रत्न वहादुर डुम्जनले जानकारी दिए । र्यालीमा उल्लेखिय संख्यामा सहभागिता रहेको थियो ।




















