धनकुटा । निर्वाचनको प्रचारप्रसार गर्न पाउने समय अत्यन्त कम भईरहेको समयमा धनकुटामा राजनितिदल तथा उमेद्वारहरुले प्रचारप्रसारलाई तिव्रता दिदै आएका छन ।
प्रतिनिधिसभा सदस्यका लागि एउटा र प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभा तर्फ स्वतन्त्र उमेदवार रहेका हेमराज भण्डारीले पनि प्रचारप्रसारलाई तिव्रता दिदै आएका छन ।
धनकुटामा स्वतन्त्र उमेदवार भण्डारी सहित लोकतान्त्रिक गठवन्धनका तर्फबाट पुर्व मन्त्री शुनिलबहादुर थापा र नेकपा एमाले नेतृत्वको गठवन्धनबाट राजेन्द्रकुमार राई दह्रो उमेदवारका रुपमा छन।
भण्डारीले विगतमा पनि माओवादी केन्द्रमा रहेर धनकुटाको विकास निर्माणमा गरेको योगदानलाई आधार वनाएर चुनावी प्रचारप्रसार गरिरहेका छन ।
उनले पहिले जितेर जाने पार्टीका नेताहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आफुलाई मतदान गर्न मतदाताहरुलाई आग्रह गर्दै आएका छन ।
भण्डारीले विगतमा गरेका कामहरुले उनीको उमेदवारी दह्रो रहेको भन्दै नयाँ मान्छेलाई चुन्ने सोच वनाएकाहरु भण्डारीका पक्षमा रहेको वताउछन । स्वतन्त्र रुपमा उमेदवार भएर पहिलो पटक संसद प्रवेश गर्ने सोच वनाएका भण्डारीलाई मतदाताले कत्तिको पत्याउछन त्यसका लागि भने निर्वाचन परिणाम नै कुर्नु पर्ने हुन्छ ।




















