इटहरी । सहयोगी हातहरू संस्था इटहरीद्धारा लविपुर क्षेत्रमा वृहत् सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
सस्थाले आफ्नो ठाँउ आफै सफा राखौ भन्ने उद्धश्यले वृहत् लविपुर सरसफाई अभियान
अभियान सुरु गरिएको छ ।
इटहरी उपमहानगर पालिका वडा नं. १६ र १७ मा पर्ने बजार आसपासका क्षेत्रको सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा सहयोगी हातहरुका अध्यक्ष विजय खनाल, वडा नं. १६ र १७ का वडाअध्यक्ष तेजनारायण चौधरी र प्रभातकुमार आचार्य, इलाका प्रहरी कार्यालय स्थानियवासीहरुको सहभागिता रहेको थियो । 
आप्mनो गाँउ,बजार क्षेत्रको सरसफाईमा आफै जुटौ भन्ने उद्धेश्य लिएर स्थानियवासीहरु संग छलफल गरेर सरसफाई कार्यक्रमको आयोजना गरेको संस्थापक अध्यक्ष राजु अधिकारीले जानकारी दिए ।
फोहोर संकलनका लागि आवश्यक पर्ने औजार आफै लिएर सरसपलाईमा सहभागि भएका थिए स
प्रत्येक हप्ताको शनिवार यस क्षेत्रलाई सरसफाई निरन्तरता दिने पनी बताए ।




















