धनकुटा । नेपाल पर्यटन बोर्ड, युएनडिपी र पर्यटन अनुसन्धान संस्थाको संयुक्त आयोजनामा सम्पन्न ‘प्रदेश नं १ को पर्यटक र सम्भावना’ विषयक अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा गुरागाई प्रथम हुनु भएको छ ।

। धनकुटा नगरपालिका वडा नम्वर २ भीरगाउँ स्थित श्रीमान टंक माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा कक्षा ९ की नुना गुरागाई प्रथम, कक्षा ८ की कृती थापा द्धितीय, कक्षा ८ की स्वस्तीका गुरागाई तृतीय र कक्षा ७ की रिदीमा भुजेल सान्त्वना भएको पर्यटन अनुसन्धान संस्थाका अध्यक्ष मदनकुमार वरालले जानकारी दिनुभयो ।314579185_472588081605999_1540947906547391914_n

कक्षा ७ देखि १० सम्मका १२ जना विद्यार्थी सहभागि भएको प्रतियोगिता विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्वकर्माको अध्यक्षता तथा वडाध्यक्ष चन्द्रलाल तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएका थियो ।