धनकुटा । एमालेले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा  विभिन्न पार्टी परित्यग गरी   एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले धनकुटाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा काँग्रेस र माओवादीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन । 

प्रवेश गर्नेहरुमा चौविसे गाउँपालिका वडा नम्वर ४ माओवादीकेन्द्र वडा कमिटिका अध्यक्ष रोशन भण्डारी, सदस्य लक्ष्मी थापा, गाउँ कमिटि सचिवालय सदस्य मात्रिका घिमिरे, सदस्य रामकृष्ण भण्डारी, नेपाली कांगे्रस सहिदभूमि वडा नम्वर ५ वडा कमिटि सचिव रविना राई सहितका नेता कार्यकर्ता रहेका छन् । IMG20221105135333

एमाले केन्द्रिय सदस्य एव. धनकुटा ईनचार्ज राजेन्द्र राई, जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुली, उपाध्यक्ष चिन्तन तामाङ्ग, सचिव निरन राईलगायतले ढाका टोपी, फुलमाला, अविरलगाएर प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभएको एमाले प्रचार विभाग प्रमुख सावित्रा राईले जानकारी दिनुभयो ।IMG20221105135027