इटहरी । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन केन्द्रित  सिमा सुरक्षा वैठक सुनसरीमा सम्पन्न भएको छ ।

खुल्ला सिमनाका कारण निर्वाचनका समयमा हुन सक्ने अबाञ्छीत गतिविधि नियन्त्रण गर्ने विषयमा सुनसरी र सप्तरी र  सिमा जोडिएको छिमेकी मुलुक भारतको सुपौल जिल्लाका सुरक्षा प्रमुख समेतको सहभागितामा सुनसरीको तरहरामा  वैठक बसेको हो । 

   निर्वाचन केन्द्रित सिमा सुरक्षा वैठकमा निर्वाचनलाई स्वतन्त्रण निपश्क्ष र भयरहित वनाउने विषयमा खुल्ला सिमनाका कारण हुन सक्ने अवैद्य गतिविधि नियन्त्रण तथा निर्वाचनको समयमा ७२ घण्टा सिमा बन्द गर्ने विषयमा छलफल र निणर्य भएको सुनसरीमा प्रमुख जिल्ला अभिकारी इन्द्रदेव यादवले जानकारी दिए ।WhatsApp Image 2022-11-03 at 17.48.56

नेपालमा हुने निर्वाचनका विषयमा छलफल भएको र निर्वाचनलाई सफल वनाउने आफनो पक्षबाट सहयोग गर्ने तथा खुल्ला सिमनाका कारण दुवै तर्फबाट हुने अपराधिक गतिविधिहरु नियन्त्रणका विषयमा छलफल भएको सुपौलका डिएम कौशल कुमारले वताए ।

छलफलमा सहभागी सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले स्वतन्त्र , निश्पक्ष र शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने विषयमा दुइपक्ष विच छलफल भएको जानकारी दिए । उनले निर्वाचनको विषय साथै दसगजा र पिल्लरको सुरक्षाको विषयमा छलफल भएको वताए ।

निर्वाचनका समयमा खुल्ला सिमनाका कारण निर्वाचन प्रभावित पार्ने जस्ता गतिविधि हुने तर्फ मध्यनजर गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि छलफलका साथ निर्णय गरेर सिमा क्षेत्रमा कडाई गर्ने गरिएको छ ।