काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अबरोध गर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्णय गरेको छ । 

आशन्न ४ मंसिरमा हुने  प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय भएको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी  । 

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको उनको भनाइ छ ।

चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोवित पत्रकार सम्मेलनको आयोजना गरेर बताए ।

त्यस्तै, वैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।