धरान । ऐतिहासिक धार्मिक क्षेत्र सुनसरीको विजयपुरमा बाँदरले भान्सामै पसेर खानेकुरा खाइदिने जस्ता गतिविधिहरु गर्न थालेपछि स्थानीय आजित वन्न थालेका छन । विजयपुर क्षेत्रको जंगलबाट आउने बाँदरहरुले बजार क्षेत्रका घरहरुमा पसेर खानेकुरा खाइदिने ,पसलका सामानहरु फ्याँकी दिने लगायतका कार्यहरु गरेर हैरान वनाएको स्थानीय गुनासो गर्दछन ।
विजयपुर क्षेत्रको जंगलबाट खानेकुराको खोजिमा आउने वाँदरहरुको आंतकका कारण बजार क्षेत्रमा मानिसहरु दिक्क वन्न पुगेका छन । घरका भान्सामा भएका खानेकुराहरु समेत जोगाउन समस्या पर्ने गरेको स्थानीय व्यापारी गोविन्द अग्रवाल गुनासो गर्दछन ।
धरानका विभिन्न ठाँउहरुमा बाँदर आंतकले स्थानीयलाई हैरान वनाउन थालेको छ । जंगल क्षेत्रबाट आउने बाँदरहरुले खानेकुरा देखि लिएर पसलका सामानहरु समेत फ्याकी दिने गरेका कारण लाठी लिएर धपाउन बस्ने गरेको अर्का स्थानिय सुरज चौलागाई वताउछन ।
बाँदरहरु घरमा लगिएका टेलिफोन, नेट लगायतका तारहरुबाट घर भित्र पस्ने र खानेकुरा खाइदिने , अन्य सामाग्रीहरु फ्याकी दिने जस्ता कार्यले स्थानीयलाई आजित वनादै आएको छ । बाँदर खेदाउन मानिसहरु नै लौरो लिएर वस्नु पर्ने अवस्था रहेको र ठुलो संख्यामा बाँदर रहेको र एक जना मानिस मात्र भेटे आक्रमण समेत गर्ने गरेको छ।
वाँदर आंतक वढी रहेका कारण खानेकुरा देखि लिएर मानिसहरु आफै सुरक्षित रुपमा वस्नु पर्ने अवस्था आएकाले मानिसहरुले पिजडा वनाएर बस्न थालेको धरान उपमहानगरपालिका वडा नम्वर २का सुमित अग्रवाल वताउछन ।
वाँदरले वानी नोक्सान गर्ने बजार क्षेत्रका पसल तथा घरहरुका खानेकुरा खाइदिने समानहरु फ्याकी दिने जस्ता कार्य गर्ने गरेका कारण वाँदर व्यवस्थापनका लागि धरान ३का सकुल श्रेष्ठको संयोजकत्वमा २०७० सालमा बाँदर पिडीत संघर्ष समिति समेत गठन गरेर सरोकारवालाहरुलाई बाँदर नियन्त्रणका लागि ध्यानाकर्षण गराउदै आएपनि सुनुवाई नभएको धरानवासीको गुनासो रहेको छ ।




















