इटहरी ।  छैठको तेस्रोदिन  नदी खोला किनारमा व्रतालुहरुले अस्ताउँदो सुर्यलाइ अर्घ दीएर छैठ मनाइयो । सुनसरीको इटहरी उपमहानगरपालीका र मोरङको सुन्दरहरैचा नगरपालीकाको संगम स्थल बुढीगंगा मुक्तीघाटमा पनी व्रतालुहरुले साँझ नदी कीनारामा पुगेर अस्ताउँदो सुर्यको उपासना गरेका छन । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वासका आधारमा विभीन्न सजावटका सामाग्रीले सजाइएका ४०० बढी घाटहरुमा व्रतालुहरुले घण्टौँसम्म पुजा आर्चना गरेका छन ।vlcsnap-2022-10-30-18h29m32s785

छठ ब्रत लिए ब्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । विशेष गरी चर्म रोगको निवारण र आफ्नो एवम् परिवारका सदस्यको सन्तान प्राप्तीको कामना गर्दै यो ब्रत लिने चलन छ । चार दीनसम्म मनाइने छठ पर्वको मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थ) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ ।WhatsApp Image 2022-10-30 at 17.31.06 दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यसैगरी खनार,इनरुवा झुम्का लगायत सुनसरीका अन्य वीभीन्न स्थान साथै तराइका स्थानहरुमापनी अस्ताउँदो सुर्यलाइ अर्घ दीएर छठ पर्व मनाइएको छ । सोमबार बिहान उदाउँदो सूर्यको उपासना पछि प्रसाद खाएर मात्र ब्रत तोड्ने छन् । यो सँगै यस वर्षको छठ पर्व समापन गरीनेछ । बुढीगंगा मुक्तीघाटमा छठ सेवा समितिले आयोजना गरेको छठ वीषेश कार्यक्रम एक औपचारीक कार्यक्रमका बीच आयोजना गरीएको छ ।WhatsApp Image 2022-10-30 at 17.30.50 (1) छठ सेवा समिति इटहरीका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षता तथा इटहरी नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतीथ्यतामा छठ पर्वको उद्घाटन कार्यक्रमको आयोजना गरीएको हो । सो कार्यक्रममा सुन्दरहरैचा नगर प्रमुख केदार प्रसाद गुरागाइ,सुनसरीका प्रमुख जिल्ला अधीकारी इन्द्रदेव यादव,जिल्ला प्रहरी कार्यलय प्रमुख प्रभुप्रसाद ढकाल,होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली  लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।