इटहरी । एशियाली ऋण महासंघबाट एक्सेस ब्राण्ड सिल्भर मेडल प्राप्त गर्ने सफल सुनसरी जिल्लाको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
२०५८सालमा स्थापना भई सञ्चालन हुदै आएको किसान कल्याण सहकारीले एक प्रदेस सहकारी कार्यालयका रजिष्टार हरिवहादुर खत्रीको प्रमुख आतिथ्यमा २७औं स्थापना दिवस मनाएको हो ।
सहकारीका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चार क्षेत्रको माध्यमबाट सहकारीहरुको गतिविधिमा सहयोग पुर्याउदै आएको भन्दै उत्कृष्ट सञ्चारकर्मी सम्मानबाट पत्रकार प्रकास बञ्जरालाई सम्मान गरेको छ । 
कार्यक्रममा इटहरी वडा नं. १६ का वडा अध्यक्ष तेजनारायण चौधरी, जिल्ला सहकारी सङ्घका अध्यक्ष गंगा प्रसाद दाहाल, बचत तथा ऋण सहकारी सङ्घका लेखा सुपरिवेक्षण समितिका संयोजक फडिन्द्र प्रसाद दाहाल, नेफ्स्कुन फिल्ड कार्यालयका प्रमुख मुकेश दाहाल लयागतको अतिथ्यता रहेको कार्यक्रममा विभिन्न विधामा सदस्यहरु, सदस्यका सन्ततिहरु र विद्यालयलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न १८ वटा विधामा १ सय जना व्यक्ति, संस्था र समुह लाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट नियमित बचतकर्ता पुरस्कार २० जना, उत्कृष्ट ऐच्छिक बचतकर्ता पुरस्कार १६ जना, असल ऋणी पुरस्कार १३ जना, उत्कृष्ट बाल बचतकर्ता पुरस्कार १५ जना,असल ज्येष्ठ नागरिक बचतकर्ता पुरस्कार २ जना, बढी पटक सेयर खरिद गर्ने सेयर सदस्य पुरस्कार १ जना, सेयर सदस्य बिस्तारमा योगदान गर्ने सदस्य पुरस्कार १६ जना, सबभन्दा बढी बचत खाता खोली नियमित कारोबार १ जना, सक्रीय सहकारी अभियन्ता १ जना, विशेष सम्मान ३ जना,उत्कृष्ट कृषक पुरस्कार १ जना, उत्कृष्ट युवा उद्यमी पुरस्कार २ जना, उत्कृष्ट उद्यमी पुरस्कार १ जना, उत्कृष्ट व्यवसायी पुरस्कार १ जना, उत्कृष्ट लघुवित्त समुह ३ जना, उत्कृष्ट विद्यालय १ जना, उत्कृष्ट सञ्चारकर्मी १ जना, उत्कृष्ट कर्मचारी २ जना गरि जम्मा १सय जना व्यक्ति संस्था र समूहहरूलाई सम्मान गरीएको थियो भने संस्थाले हरेक वर्ष विभिन्न कार्यक्रमहरु सहित भव्य रुपमा स्थापना दिवस मनाउने गरेको छ ।




















