झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजान्तत्र पार्टी देशका पक्षमा बोल्ने पार्टी भएका कारण राप्रपासंग सहकार्य गरेको वताएका छन ।

   झापाको दमकमा एमाले राप्रपाको संयुक्त कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले राप्रपा देशका लागि बोल्ने पार्टी भएको वताएका  हुन ।

  पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको निर्वाचन विदेशीबाट सञ्चालित कठपुतली सरकार वनाउनेकी नेपालीको नेपाली सरकार वनाउने नेपालको विकासमा लाग्ने फौशला गर्ने निर्वाचन भएको वताए ।

ओलीले त्यसैले देशका पक्षमा बोल्ने राप्रपालाई विभिन्न ठाउँमा एमालेले साथ र सहयोग गरेको दावी गरे । उनले राप्रपालाई एमालेले र एमालेलाई राप्रपाले समर्थन गरेका ठाँउमा दुर्वै पार्टीले एउटै पाटी झै सहकार्य गर्नु पर्नेमा समेत जोड दिए ।

 नेपका एमालेका अध्यक्ष ओलीलाई झापा क्षेत्र नम्बर ५मा राप्रपाले र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई झापा क्षेत्र नम्बर ३मा एमालेले समर्थन गर्ने साथै देशका अन्य निर्वाचन क्षेत्रहरुमा समेत एमाले राप्रपा विच सहकार्य गर्ने गरी एमाले राप्रपा चुनावी तयारीमा लागेका छन ।