काठमान्डौँ । असार ३२ का लागि तय भएको ठमेल पर्यटन विकास परिषद्को सदस्यमा युवा ब्यवसायी कमल भण्डारी उम्मेद्वार बनेका छन् ।

पूर्वी मोरङको उर्लाबारी-४ थातथलो रहेका भण्डारीले विगत १५/१६ वर्ष देखी निरञ्तर रुपमा ठमेलमा रहेर “क्लव गोगो रेष्टुरेन्ट” र कफीको अग्र्यानिक स्वाद पारखीहरुका लागि “माउन्टेन कफी विन्स” को व्यावसाय गर्दै आएका छन् ।

सहयोगी भावनाका भण्डारी ध्रुब अधिकारीको समावेशी समूहबाट सदस्य पदको उम्मेद्वार बनेका हुन् । 

अधिकारी ठमेलका पर्यटन व्यावसायी हुन् । उनले ठमेलमा घुम्न आउने बाह्य तथा अन्तरिक पर्यटकहरुलाई नेपालका विभिन्न स्थानहरुमा घुमाउन लैजाने व्यावसाय गर्दै आएका छन् ।

शालिन र सरल स्वभावका व्यावसायी अधिकारी ठमेलका परिचित व्यावसायी हुन् उनले हाल ठमेलमा रहेर आधा दर्जन भन्दा बढी होटल, क्लव, रेष्टुरेन्टहरु संचालन गर्दै आएका छन् ।

व्यावसायको शिलशिलामा केही समय जापान समेत बसेर अन्तराष्ट्रिय व्यावसायिक अनुभव सम्हालेका अधिकारीको समुहले ठमेललाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित ठमेल निर्माणको लागि आफ्नो समावेशी समूहलाई मतदान गर्न आग्रह गरेको छ ।

साही समुहबाट भण्डारी पनि ठमेल पर्यटन् विकास परिषदको सदस्य पदमा उम्मेदवार बनेका हुन् ।