मोरङ :  बिराटनगर महानगरपालिका १५ स्थित  एक नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् । 

विशेष सूचनाको आधारमा  लागौषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्रटभेट २२५ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका धिमालको ईलाका प्रहरी कार्यालय रानीमा थप अनुसन्धान भईरहेको छ ।