उर्लाबारी । मोरङको उर्लाबारी-३ स्थित मंगलबारे चौकमा रहेको इलाका प्रशासन कार्यालयको सेवा लाई सहजीकरण उर्लाबारी नगरपालिकाले सहयोग गरेको छ ।
यति बेला प्रशासन कार्यालयमा मतादाना परिचयपत्र, राष्ट्रिय परिचय पत्र बनाउने र प्रशासनले दैनिक रुपमा दिदै आएको नागरिता र राहदानी बितरणको काममा चाप बढेपछि उर्लाबारी नरपालिकाले २ जना कर्मचारी त्यस तर्फ पठाएको हो ।
दैनिक जसो सेवा लिन आउने सेवाग्राही लामो लाइनमा बस्नुपर्ने र प्रशासनमा रहेका सिमित कर्मचारीहरुलाई सेवाप्रभाह गर्न सकस भएपछि नगरपालिकाले २ जना कर्मचारी सहजीकरणलाई प्रशासनमा पठाएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताए ।
इलाका प्रशासनमा बढ्दो चापलाई सहजिकरण गर्न शुक्रवार देखी नै कर्मचारीहरु कार्यालय स्थल पुग्ने बताइएको छ ।




















