सुनसरी । रन फर हेल्थ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सुनसरीको दुहवीमा तेस्रो संसकरणको दुहवी रन प्रतियोगिता सम्पन्न भएको छ ।
दुहवी जेसिजको आयोजना तथा दुहवी नगरपालिकाको संयोजनमा शनिवार सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सम्पन्न भएको हो ।
पुरुष तर्फ १० किलोमिटर दौड र महिलातर्फ ५ किलोमिटर दौड र १२ वर्ष मुनिका बालबालिका सहित गरी ३ विधामा प्रतियोगिता आयोजजा गरिएको थियोे ।
दुहवी खेलकुद क्षेत्रको उर्वर भुमी रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका दुहवी नगरपालीकाका प्रमुख वेद नारायण गच्छदारले नगरपालीकामा खेल क्षेत्रलाइ प्रोत्साहन गर्ने पक्षमा रहने प्रतिबद्धता व्यक्त गरे । 
सन २०१९ देखी सञ्चालन गर्दै आएको सो प्रतियोगितामा विगतमा २ विधामा मात्र प्रतिस्पर्धा हुने गरेकोमा यस पटक बालबालिकाहरुलाई समेत खेल क्षेत्रमा आकषिर्वत गराउन बालबालिका लाई समेत प्रतियोगितामा समावेस गरिएको दुहवी जेसीस वर्ष २०२३ की अध्यक्ष सुष्मा चौधरीले बताइन ।
उनले यो दुहवी रन प्रतियोगितामा कोशी प्रदेशका साथै अन्य प्रदेशबाट पनी उल्लेख्य संख्यामा खेलाडीहरुको सहभागीता रहेको जानकारी गराइन । 
प्रतियोगिता अन्तरगत पुरुष तर्फ खुला १० किलोमिटर दौडमा गजेन्द्र राई, मोहन देव जोसी र विकास राई क्रमश प्रथम द्धितीय र तृतिय भएका थिए । विजेतालाइ क्रमश नगद रु २१ हजार,१५ हजार र ११ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । महिला तर्फ ५ किलोमिटर दौडमा छेन्वीमाया राई,अन्सुकुमारी मण्डल र जमुना लिम्बु क्रमश प्रथम द्धितिय र तृतिय भएका थिए ।
उनीहरुले क्रमश नगद रु ११ हजार,६ हजार र ३ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । यस्तै १२ वर्ष मुनिका बालबालीकाको दौडमा सिजन खत्री, सचिन वि.क र आङदावा शेर्पाले नगद ५ हजार एक सय,२ हजार १ सय र १ हजार १ सय सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
दुहवी जेसिजले विभिन्न सामाजिक गतिविधीहरु पनी संचालन गर्दै आएको छ । 




















