इटहरी । सुनसरी र मोरङका १२वटा विभिन्न तेक्वाण्दो डोजाङको सहभागिता रहेको प्रतियोगितामा ५ गोल्ड ,२ सिल्वर र ६ब्राउन प्राप्त गर्दै वुढीगंगा डोजाङ प्रथम भएको हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ४मा रहेको पुपुल्स स्कुलमा आयोजना गरिएको प्रतियोगितामा सेन्टल पोइन्ट तेक्वाण्दो डोजाङ ५ गोल्ड र १ ब्राउन प्राप्त गर्दै दोस्रो र नोवेल तेक्वाण्दो डोजाङ ३गोल्ड ७सिल्वर र ६ब्राउन हात पार्दै तेस्रो वन्न सफल भएका छन ।
वुढीगंगा तेक्वाण्दो डोजाङका अध्यक्ष अभिनास थापाको अध्यक्षतामा भएको प्रतियोगिताको प्रमुख अतिथी इटहरी उपमहानगरपालिका वडा नम्बर ४का वडाध्यक्ष भक्त लामा रहेका थिए भने जिल्ला खेलकुट विकास समितिका पुर्व अध्यक्ष अनुरोध थापा , समाजसेवी काजी फुयाँल , तेक्वाण्दो कोज हरि वहादुर वुढाथोकी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।




















