तेह्रथुम । जाडो वढी रहेको समयमा न्यानो कपडाको अभावमा विद्यालयमा विद्यार्थीको संख्या घट्ने तर्फ मध्यनजर गर्दै विपन्न विद्यार्थीलाई लायन्स क्लब अफ ईन्द्रपुरद्वारा तेह्रथुमको ओख्रेमा रहेको श्री निसान आधरभुत बिद्यालय र भगवती आधरभुत बिद्यालयमा अधयनरत बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरीका सामाग्री हरु बितरण गरेको छ ।
उक्त कार्यक्रम छथर गाउँ पालिका अध्यक्षको प्रमुख आतिथ्यमा भएको वितरण कार्यक्रममा लायन्स क्लब ईन्द्र्पुरका अध्यक्ष गोबिन्द प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ईन्द्रपुरका चार्टर प्रेसिडेन्ट उद्योगपति भोलेश्वोर दुलाल,सुन्दर
हरैचाका निबर्तमान मेयर तथा लायन्स क्लब अफ ईन्द्रपुरका पुर्ब अध्यक्ष शिव प्रसाद ढकाल ,नेपाली काँग्रेस मोरङ्गका सचिब ललित श्रेष्ठले वितरण गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब ईन्द्रपुरका पदाधिकारीहरु समेतको सहभाथितामा सम्पन्न भएको थियो।




















