इटहरी । पटकपटक चोरी हुँदै आएको इटहरीको  मुख्य चोक क्षेत्रमा रहेको सपना मोवाईल सेन्टरको ताला फोडेर फेरी चोरी भएको छ ।

   मोवायल विक्री तथा मर्मत गर्ने सपना मोवाईल सेन्टरको मर्मत गर्ने तर्फको पसलमा लगाएको तीन वटा ताला फोडेर चोरी भएको सेन्टरका सञ्चालक खड्ग श्रेष्ठले जानकारी दिएका हुन ।

   सो मोवाईलय सेन्टरमा ६ महिना अघि पनि चोरी भएको थियो । सिसी टिभीमा चोरी भई रहेको दृष्य देखिएपछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेपनि चोरी भएका सामानहरुको क्षतिपूर्ति हाल सम्म नपाएको सञ्चालक श्रेष्ठले गुनासो गरे ।WhatsApp Image 2023-01-17 at 11.14.24 AM यस पटक पनि चोरले ताला फुटाएर मर्मत गर्न राखिएका पुराना मोवायल, स्मार्टवाच र महगां चस्माहरु चोरी हुँदा डेढ लाख वराबरको सामान चोरले लगायतको समेत श्रेष्ठले जानकारी दिए ।

यस पटक पनि चोरले ताला फुटाउदै गरेको र भित्रबाट व्याग बोकेर वाहिरको दृष्य सिसी क्यामराले कैद गरेको देखिन्छ । मोवायल सेन्टरमा भएको चोरीका सम्वन्धमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले वताए ।