इटहरी । विगतका वर्षहरुको तुलनामा यस वर्ष पुर्वी तराईमा ढिलो गरी जाडो सुरु भएको छ ।
विगतमा मंसीर देखिनै जाडो सुरु हुने गरेको भएपनि यस वर्ष भने पुसको दोस्रो सातापछि सुरु भएको जाडो माघ लागेसंगै अत्याधिक रुपमा बढेको हो ।
जाडो अत्याधिक बढेपछि सुनसरीको इटहरीका ब्यापारीहरुले ठाउँ ठाउँमा आगो बालेर ताप्न थालेका छन् ।
मध्य जाडो हुने महिनाका रुपमा लिइने पुस महिनामा यस वर्ष मौषसमा फेरवल भई रहेको थियो । कुनै दिन जाडो एकाएक वढ्ने र अर्काे दिन चर्काे घाम लाग्ने गरिरहेको थियो । तर माघ लागेसंगै विहानै देखि हुस्सु र चिसो हावा चल्न थालेपछि जनजिवन कष्टकर वन्दै आएको छ ।
चिसो बढ्न थालेपछि शहर वजारहरुमा मात्र नभएर गाउँघरमा समेत मानवीय चहलपहलमा कमी हुन थालेको छ । केही दिन देखि विहान र वेलुकाको समयमा हुस्सु लाग्ने र दिउँसो समेत घाम नलाग्ने गरेका कारण जाडो वढेको मानिसहरुले अनुभव गर्न थालेका हुन । विशेष गरि जाडोको प्रभाव अन्य मानिस भन्दा बालबालिका , वृद्धवृद्धा ,विरामी र अशक्तहरुमा पर्ने गरेको छ ।
चिसो एक्कासी बढेसंगै विद्यालयमा विद्यार्थीहरुको संख्यामा समेत कमी आउन थालेको थियो भने यसैलाई मध्यनजर गर्दै सुनसरीका सामुदायिक तथा संस्थागत विद्यालयहरु विद्यालय स्तरीय परिक्षा सकेर विदा गरेका छन । अध्याधिक जाडो हुने समयमा विद्यालयहरुले परिक्षा सकेर विदा दिने गरेका छन । तर यस वर्ष भने परिक्षा सकेर विद्यालयहरु अहिले विदा रहेका छन भने कतिपय स्थानीय तहमा भोलीबाटै सामुदायिक विद्यालयहरु पुन सञ्चालन हुने भएका छन । जाडो बढेसँगै वालवालिकाहरुका साथै वृद्धवृद्धाहरुमा विभिन्न रोगका संंक्रमण देखा पर्न थालेका छन । वालवालिकाहरुमा चिसोसँगै निमोनिया, रुघा खोकी, छातिमा समस्या हुने तथा वृद्धवृद्धाहरुमा कोलडायरीया लगायतका समस्याहरु देखिने चिकित्सकहरु बताउछन ।जाडो वढेसंगै स्वास्थ संस्थाहरुमा उपचारका लागि आउने विरामीहरुको समेत बढ्न थालेका छन । चिसोबाट बच्न आगो ताप्न, बाक्लो लुगा लगाउन तथा तातो खानेकुराहरु खान स्वास्थयकर्मीहरुले सुझाव दिने गरेका छन । जाडो अत्याधिक वढेरसंग पुर्वी नेपालमा संचलन हुने सवारीका साधनहरु समेत
कम संख्यामा संचालन हुन थालेका छन भने हुस्सुका कारण दिउसै वत्ती वालेरसवारी साधनहरु चलाएको देखिन्छ । जाडो अत्याधिक बढेपछि सुनसरीको इनरुवा नगरपालिकाले वडा वडामा आगो ताप्न दाउरा मुढा वितरण गर्न थालेको छ ।




















