इटहरी । थारु समुदायले धुमधामका साथ मनाउने महान पर्व माघे सक्रान्तिका अवसरमा सुनसरीको दुहवीमा माघी सास्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको छ ।

    थारु विद्यार्थी समाज  सुनसरी ,मोरगंको संयुक्त आयोजनामा नव निर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा सम्मान र प्रथम सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

  थारु जातिको पहिचान संस्कृतिलाई जर्गेना गर्ने कार्यमा युवाहरुलाई जागृत गर्ने तथा थारु समुदायले मनाउने नयाँ वर्ष माघीलाई निरन्तरता दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष राजेशकुमार माझीले जानकारी दिए ।

सास्कृतिक कार्यक्रम दुहवी थारु समुदायले नयाँ अन्नवाली भूमिदेवलाई चढाएर खाने जातीय परम्परा अनुसार बाली  थन्काएर जाडोको विदाइको कामना गर्दै माघ १ गतेका दिन नयाँ वर्ष माघी पर्व मनाउने गरेका छन ।WhatsApp Image 2023-01-15 at 5.01.37 PM परम्परा देखि नै माघ १ गतेका दिन थारुहरुले आफुहरुले उत्पादन गरेका नयाँ बाली देवतालाई चढाई खाने तथा जाडोको समयमा उत्पादन हुने तिल ,उखुको रसबाट वनाइने सख्खर आदिको प्रयोग गरी वनाइने लड्डु आदि खाने प्रचलन  समेत रहेको छ  ।

कार्यक्रममा संघीय संसद कल्पना चौधरी , अशोक चौधरी , प्रदेश संसद रोहित कार्की , दुहवी नगरपालिका प्रमुख वेदनारायण गच्छदार , रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरी ,इटहरी उपमहानगरपालिकाकी उपप्मुख संगिता चौधरीले माघीको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

यस पर्वमा तिल र भुजाको लडडुका साथै तरुल समेत खाने प्रचलन रहेको छ । अन्य जातिका मानिसहरुले समेत विभिन्न किसिमले माघे संक्राती मनाउने गरेका छन ।