इटहरी । यलम्वर संवत ५०८३को अवसर पारेर सुनसरीको इटहरीमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरियो ।

  किराँत मुन्दुम अध्ययन केन्द्र नेपाल सुनसरी मोरगंको संयुक्त आयोजनामा इटहरीमा यलम्वर संवत अन्तरगत नयाँ वर्ष ५०८३को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

  बसन्त राईको अध्यक्षता तथा किराँत मुन्दुम अध्ययन केन्द्र नेपालकी केन्द्रीय कोषाध्यक्ष माया राइको प्रमुख आतिथ्यमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिदै जाने समेत वक्ताहरुले वताए । IMG_20230115_113807_1कार्यक्रममा किराँत राई सुन्निमा संघ इटहरीकी अध्यक्ष सिता राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । यलम्वर संवत  पुरानो संवत भएपनि सामुहिक रुपमा यो संवतका अवसरका कार्यक्रमहरु नहुने गरेको तर्फ मध्यनजर गर्दै आगामी दिनहरुमा सामुहिक रुपमा मनाइने समेत सो अवसरमा जानकारी गराइएको थियो ।