इटहरी । भोजपुर जिल्लाबाट सुनसरीको इटहरीमा आएर वसोवास गर्दै आएकाहरुको साझा मञ्च भोजपुर समाज सेवा केन्द्र इटहरीको ५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

  भोजपुर समाज सेवा केन्द्र इटहरीका अध्यक्ष शालिग्राम पाण्डेको अध्यक्षता तथा समाजका सल्लाहकार केदार राईको प्रमुख आतिथ्यमा साधारणसभामा सम्पन्न भएको हो ।WhatsApp Image 2023-01-14 at 4.54.40 PM

   भोजपुरबाट आएर इटहरीका विभिन्न ठाउँमा वस्दै आएकाहरुलाई संगठीत गर्दै भाइचार सम्वन्धका साथै विभिन्न सामाजिक गतिविधि समेत गर्दै आएको समाजले वर्षभरी गरेका गतिविधिहरु साधारणसभामा प्रस्तुत गरिएको थियो । त्यसै गरी आगामी दिनमा के कस्ता गतिविधिहरु गर्ने भन्ने विषयमा समेत साधारणसभामा  छलफल गरिएको थियो । कार्यक्रममा समाजका सल्लाहकार राजन पाण्डे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।