इटहरी । माधवी ओ माधवी पुस्तकका विषयमा इटहरीमा चर्चा गरिएको छ ।
इटहरीको संगित साधना प्रतिष्ठान नेपालको आयोजनामा प्रतिष्ठानको सभाहलमा १ नम्बर प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यमा गरिएको हो ।
पुस्तक चर्चा कार्यक्रममा पुस्तकका विषयमा लेखक चन्द्र घिमीरेले जानकारी गराएका थिए भने लेक्चरर तृष्णा आचार्य , लेखक साहित्यकार केशव दाहाल , रंगकर्मी प्रज्वल पराजुली लगायतले पुस्तकका विषयमा चर्चा गरियो ।
कार्यक्रम संगित साधना प्रतिष्ठान नेपालका अध्यक्ष रामकुमार खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा शिक्षासेवी लेखनाथ घिमीरे , लेखक साहित्यका देवान किराती , विश्वआर्दश कलेजका प्राचार्य गणेश दुलाल , कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेल , अधिवक्ता रमेश पोखरेल सहित साहित्यकार लेखकहरुको सहभागिता रहेको थियो ।




















