इटहरी । विभिन्न किसिमका सामाजिक कार्यमा योगदान गर्दै आएको योगदान राष्ट्रका लागि मोरगंको प्रथम अधिवेशनले मदन भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
मोरगंको सुन्दरहरैचामा भएको योगदान राष्ट्रका लागि मोरगंको भेलाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रश्मी थापा , सचिवमा भोजराज रिजाल ,सहसचिव चिरञ्जीवी आचार्य र कोषाध्यक्षमा ओमनाथ सापकोटा रहेका छन । त्यसै गरी सदस्यहरुमा राकेश दंगाल ,लक्ष्मी नेपाल ,विप्लव कोइराला,सञ्जीता लुइटेल , निशा कार्की ,सुगम सुवेदीलाई भेलाले चयन गरेको छ ।
तेसइगरी सुन्दरहरैचा नगरमा रविन फुयलको अध्यक्षतामा नयाँ कार्यसमिति पनी चयन गरेको छ । उपाध्यक्षमा रिजन अधिकारी,सचिव रामचन्द्र सुवेदी,सहसचिव सञ्जिता लुइटेल,कोषाध्यक्षमा अप्सना कार्की, सदस्यहरुमा निरन प्रसाई,प्रतिक्षा घिमिरे,अनिल कार्की,धिरजकुमार पण्डित,सुजन बाराकोटी र भेषराज आचार्यलाई पनी सर्वसम्मत चयन गरिएको छ । 
साधारणसभा कार्यक्रमको उद्घाटन सत्र सुजन बाराकोटीको अध्यक्षता तथा समाजसेवी गणेश गुरागाईको प्रमुख आतिथ्यमा भएको थियो । सो कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४का पुर्व वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ ,सस्थाका आजिवन सदस्य निरज सुवेदी ,चिना थापा लगायतको सहभागिता रहेको थियो । योगदान राष्ट्रका लागि मोरगंले कोरोना कहरका समयमा साथै अन्य समयमा पनि स्वास्थ्य , सरसफाई ,सामााजिक लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।




















