इटहरी रक्तदाताको सरहका रुपमा स्थापित वन्दै आएको नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलले वताएका छन ।

  नेपाल रेडक्रस सोसाइटी इटहरीको २५औं बार्षिक साधारणसभामा सभापतिको  मन्तव्य राख्दै पौडेलले सुनसरीबाट संकलन हुने रगतमा इटहरीले ४० प्रतिसत हिस्सा ओगटने गरेको भन्दै इटहरी रक्तदाताहरुको सहरका रुपमा स्थापित वन्दै आएको वताएका हुन ।

इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख पौडेलले इटहरीका सार्वजनिक पाँच स्थानमा खानेपानीको धारा जडान गरेर सुरु भएको इटहरी शाखाको  सामाजिक अभियानको यात्रा लोभ लाग्दो रहेको वताए ।IMG_20230113_123718

सोही कार्यक्रमका बिच इटहरीका सारदाप्रसाद मिश्र र धरानका प्रकाश गिरीलाइ सम्मान पत्र र दोसल्ला ओढाएर  सम्मान गरीएको थियो । कार्यक्रममा सचिवको प्रतिवेदन सचिव सञ्जीव ढुगाना , कोषाध्यक्षको प्रतिवेदन हरिप्रसाद तिम्सिनाले प्रस्तुत गरेका थिए । कार्यक्रममा सस्थापक संयोजक राजेश श्रेष्ठ ,पुर्व सभापति रामचन्द्र अधिकारी , जिल्ला शाखा सुनसरीका सभापति उमेश थापा , जिल्ला उपमन्त्री कृष्णप्रसाद भट्टराई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । IMG_20230113_120456_1अधिवेशन सहितको साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै समापन हुने जनाइएको छ ।