धनकुटा । विभिन्न कार्यक्रमका साथ पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती धनकुटामा मनाईयो ।
भीमदल गणको आयोजनामा साँगुरीगढी सम्म पैदलयात्रा, गढीमा झण्डोत्तोलन तथा झण्डा सलामि, पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण, सास्कृतिक नृत्यलगायतका विभिन्न कार्यक्रमका साथ धनकुटामा नेपाल स्थापनाका अभियान्ता राष्ट्र निर्माता श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती मनाईएको हो ।
प्रधान सेनापतिको प्राप्त लक्ष्यमा पुरानो गढी, किल्ला ऐतिहासिक महत्वपुर्ण स्थानहरुलाई संरक्षण गर्ने र प्रवद्र्धन गर्दै जाने निति अनुरुप धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका स्थित गढीमा पृथ्वीजयन्तीको अवसरमा समारोह सञ्चालन गररेको नम्वर २ हिले बाहिनीका वाहिनीपति महेश कुमार थापाले बताउनु भयो ।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै हरेक जिल्लाहरुमा गढि र किल्लाहरुमा कार्यक्रम गर्ने योजना अनुरुप धनकुटामा पनि राष्ट्रिय भावना र एकताको मालालाई थप मजबुद बनाउने काममा निरन्तरता दिन पदयात्रा शुरु गरेको भिमदल गणका गणपति सुमन थापाले जानकारी दिनुभयो । 
सोहि अवसरमा भिमदल गणका गणपति प्र.से सुमन थापाले धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाको प्रायोजनमा तयार गरिएको नेपाल एकिकरणको लागि प्रयोेग भएको मार्ग कोरिएको टिसर्ट वितरण गर्नुभएको थियो ।
मेरा साना दुखले आज्र्याको मुलुक होईन, चारजात छतिस बर्णको साझा फुलवरि हो, भन्ने राष्ट्र निर्माता तत्कालीन श्री ५ बडा महाराजधिराज पृथ्वी नारायण शाहको दिव्य उपदेशलाई शिरोधार्य गर्दै पृथ्वीनारायण शाह तथा साँगुरिगढीको बारेमा जानकारी गराइएको थियो । 
बुधबार विहान करिब ७ बजि धरान स्थित फुस्रेमा औपचारीक कार्यक्रम उद्घाटन पश्चात शुरु गरेको ‘एकीकरण मार्ग पदयात्रा’ गढीमा पुगेर विभिन्न कार्यक्रमका साथमा सम्पन्न गरिएको भिमदलले जनाएको छ । 
फुस्रेबाट शुरु गरेको पदयात्रा चिउरीबास हुदै साँगुरीगढी आइपुगेको हो । पैदल यात्रा पछि गढिमा पुगेर विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका थिए ।
पुर्वी पृतना हे.क्वा.का पृतनापति उप रथी सहदेव खड्काको प्रमुख आतिथ्यता एवं धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईको विशेष आतिथ्यतामा सम्पन्न दिवसमा भिमदल गणका गणपति अन्य गणका गणपति, विभिन्न सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय, नेपालि सेना तथा अन्य सुरक्षा निकायका भु.पु.हरूलगायतको उपस्थिति रहेको थियो ।




















