इटहरी । नेपाल स्थापनाका अभियान्ता राष्ट्र निर्माता श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको ३०१ औंं जन्मजयन्तीको अवसर पारेर सुनसरीको इटहरी पृथ्वी जयन्ती तथा नेपाल एकीकरण दिवस भव्य रुपमा मनाइएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकीकरण दिवस मुल समारोह समितिको आयोजनामा भव्य रुपमा पृथ्वी जयन्ती मनाइएको हो ।
सुनसरीको इटहरीमा विगत १० वर्ष अगाडि देखि राष्ट्निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पृथ्वी नारायण शाहको योगदानको विषयमा चर्चा र स्मरण गर्दै मनाउने गरिएको छ ।
यस वर्ष पनि पृथ्वि जयन्त मनाउन भेषजा काफ्लेको संयोजकत्वमा मुल आयोजक समिति वनाइएको थियो । सोही समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख बक्ताका रुपमा संस्कृति विज्ञ प्रा.डा.धनबहादुर कुँवरले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदान लगायतका विषयमा चर्चा गरे ।
पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायणको स्वरुपमा मानिसलाई सजायर घोडामा सवार गराउदै मुख्य चौक क्षेत्रमा परिक्रममा सहितको र्याली निकालियो । र्रयालीमा विभिन्न जातजातिका मानिसहरु जातिय भेषभुषा सहित सहभागिता जनाएका थिए ।
र्यालीपछि आयोजित सभालाई प्रमुख वक्त कुँवर सहित पुर्व मन्त्री रामकुमार सुब्बा , इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल , प्रदेशसभा सदस्य मिना श्रेष्ठ , प्रा.डा. बद्रीविशाल पोखरेल , लक्ष्मी थेवे लगायतले पृथ्वी नारायण शाहको योगदान र जीवनीका विषयमा चर्चा गरेका थिए ।
सो कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख ,पदाधिकारी ,विभिन्न पेशा व्यवसायका मानिसहरुको उल्लेखिय सहभागिता रहेको थियो ।




















