इटहरी । सडकमा बिचल्लित भएका मानिसहरुको उद्धारकार्य सँग सम्बन्धी विषय केन्द्रित सडकमा बिचल्लित भएका मानिसहरुको उद्धारकार्य सँग सम्बन्धी विषय केन्द्रित सडक नाटक इटहरीमा प्रर्दशन गरीएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यलय इटहरी र मायाघर नेपालको साझेदारीमा प्रहरी कार्यलय अगाडी नाटक प्रर्दशन गरिएको सडक नाटकमा विभिन्न कारणले सडक जिवन बिताउन बाध्य मानिसलाइ उद्धार गर्ने र दोषीलाइ कानुनी कारवाहीको दायरामा ल्याउने भन्ने विषयमा कलात्मक रुपमा प्रस्तुत गरिएको थियो ।
सडक नाटकमा महिलाहरु कसरी हिंसामा पर्दछन र कसरी सडक जिवन बिताउन बाध्य हुन्छन भन्ने विषयमा केन्द्रित रहेको थियो ।
सो प्रस्तुतीमा हिंसामा परेकी एक गर्भवती महिला सडकमा भौतारीरहेको अवस्थामा प्रहरीले फेला पारी उपचार गरी माया घर नेपालमा सुरक्षित पुर्याएको साथै दोषीलाई कानुनी कारवाही सम्मको कुरालाइ कलात्मक ढंगले प्रस्तुत गरिएको थियो ।
यसरी विभीन्न कारणले सडक जिवन बिताउन बाध्य भएका असाहाय महिला तथा बालबालीकाहरुलाइ आश्रय दिदै आएको माया घर नेपालको उद्धेश्यमा आधारित रहेर सो कार्यक्रम प्रस्तुत गरिएको मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन । यस्तै,यस प्रकारका घटनाहरु ल्ुकाउनु नहुने र प्रहरीलाई तत्काल जानकारी गराउन इलाका प्रहरी र्कालय इटहरीका प्रहरी नायब उपरिक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए । उनले यस प्रकारका घटनाका दोषीहरुलाइ प्रहरीले कारवाहीको दायरामा ल्याइरहेको र आगामी दिनमा पनी यस्ता अभियान जारी राख्ने उनले बताएका छन ।
सो क्रममा प्रहरी,सरोकरवाला संघ संस्थाले खेल्नुपर्ने भुमिकाबारे प्रस्तुत गरिएको थियो भने कलालय इटहरीका प्रतिनिधी डेविड बिस्टले नाटकलाइ निर्देशन गरेका थिए ।




















