काठमाडौं । नेपाल प्रहरीले देशमा मौलाएको अपराधमा आर्थिक अपराधका घटनामा वृद्धी भएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले वार्षिक कार्यसम्पादन सार्वजनिक गर्दैै प्रमुख एसएसपी विश्व अधिकारीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष ८१÷८२ मा आर्थिक अपराधका १२ हजार ९ सय ७५ वटा अपराधका घटना भएको जनाएका हुन् ।
जुन अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बृद्धी हो । उनले यो वर्ष यीमध्ये ४४४ वटा धर्ना र ३७२ वटा विरोध प्रदर्शन भएकोमा संयमताका साथ सामना गरेको स्पष्ट पारेका छन् । उनले चुनौतीकाबीच प्रहरीले प्रविधिको प्रयोग बढाउँदै लगेको जानकारी समेत दिएका छन् ।
उनका अनुसार काठमाडौं प्रहरीका लागि स्वीकृत ४ हजार १६ दरबन्दीमध्ये हाल ३ हजार २३३ जना मात्र कार्यरत छन् । जुन ८१५ जनाको प्रत्यक्ष अभाव हो । स्वीकृत दरबन्दीभन्दा २० प्रतिशत कम जनशक्तिमा काम गरिरहेको जनाउँदै ५६ वटा प्रहरी इकाईको दरबन्दीले थप ७३ वटा दरबन्दी नभएका इकाईलाई समेत धान्नुपर्ने अवस्था आएको जानकारी दिएका छन् ।




















